काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ आज फागुन ५ गते बाँडफाँट भएको छ । धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँट गरिएको हो ।
कम्पनीले सर्वसाधारणका लागि गत माघ १८ गतेदेखि माघ २१ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।
धितोपत्र बिक्री प्रबन्धकका अनुसार यो आईपीओमा २४ लाख ५२ हजार ६०२ आवेदकबाट कुल २ करोड ६९ लाख ३२ हजार ८०० कित्ता सेयर माग भएको थियो । जसमा २४ लाख ११ हजार ९२२ आवेदकबाट माग भएको २ करोड ६४ लाख ५३ हजार ४५० कित्ता सदर भएको छ भने ४० हजार ६८० आवेदकबाट माग भएको ४ लाख ७९ हजार ३५० कित्ता सेयर बदर भएको छ ।
मागभन्दा बढी आवेदन परेका करण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ । जसमा भाग्यमानी ५७ हजार २४३ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने तीनैमध्ये एकजनाले थप १ कित्ता सेयर पाएका छन् । २३ लाख ५४ हजार ६७९ आवेदकको हात खाली भएको छ ।












प्रतिक्रिया