सिटिजन लाइफको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित, ७५ लाख कित्ता आईपीओ आउने

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव पारित भएको छ । कम्पनीको आइतबार सम्पन्न भएको तेस्रो वार्षिक साधारण सभाले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ छ । ७५ करोड रुपैयाँको आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण स्वीकृत भएको कम्पनीले जानकारी दिएको छ ।

उक्त सभा मार्फत कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण कार्यको लागि पुनः वर्तमान लेखापरीक्षक देवकी विजय एण्ड कं., चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरी निजको पारिश्रमिक निर्धारण समेत गरिएको कम्पनीले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।