सिभिल लघुवित्त (CLBSL) ले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश वितरण गर्न राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएको जानकारी दिए ।
लघुवित्त कम्पनी सञ्चालक समितिको पुस २९ गते सम्पन्न १६२ औं बैठकले गत आव २०७६।७७ बाट शेयरधनीलाई चुक्ता पूँजीको ३.५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.१८४२ प्रतिशत नगद गरी ३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरी स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गरेको थियो ।
यससँगै अब लघुवित्तले चुक्ता पूँजी २३ करोड ३९ लाख ३३ हजार ७०० रुपैयाँको ३.५० प्रतिशत बराबरको ८१ लाख ८७ हजार ६७९ रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.१८४२ प्रतिशत बराबरको ४ लाख ३० हजार ९३० रुपैयाँ बराबरको नगद गरी कुल ८६ लाख १८ हजार ६०९ रुपैयाँ लाभांश आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गराएपछि वितरण गर्नेछ ।
लघुवित्तले अघिल्लो आव २०७५/७६ बाट भने शेयरधनीलाई ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी १० प्रतिशत लाभांश वितरण गरेको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया