नेप्सेले २६ सय अंक पार गर्दा शेयर बजारमा नयाँ रेकर्ड, दश अर्ब बढीको कारोबार

0
Shares

दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार परिसूचक नेप्से अन्तिम समयमा दोहोरो अंकले बढ्दा २६ सय विन्दु माथि पुगेको छ । यो हालसम्मकै उच्च हो।

मंगलबार बजार खुलेपछि सुधारत्मक रहेको बजार २६३१ विन्दुसम्म उक्लिएको थियो भने तत्लो विन्दु २५८४ सम्म झरेको थियो । तर बजार बन्द हुनुभन्दा अन्तिम ९ मिनेटमा बजार उकालोलागेपछि १५.५० विन्दु माथि उक्लिएर २६०१.५१ विन्दुमा पुगेको छ ।

बैंकिङ, विकास बैंक, म्युचुअल फण्ड र निफ्रा, चन्द्रागिरी लगायतका शेयर सूचीकृत रहेको अन्य समुह सकारात्मक रहेपछि बजार बढेको हो। यसदिन २०८ कम्पनीका एक करोड ७७ लाख कित्ता शेयर १० अर्ब तीन करोड रुपैयाँमा किनबेच भएका छन्।

चन्द्रागिरी हिल्स, निफ्रा, मिर्मिरे माइक्रोफाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ । साधना लघुवित्त र पाँचथर पावर, वरुण हाइड्रो कम्पनीको शेयर मूल्य ५ प्रतिशतले बढीले घटेको छ।

यसदिन सबैभन्दा धेरै नबिल बैंकको ५४ करोड रुपैयाँको किनबेच भएको छ । त्यस्तै ग्लोबल आइएमई बैंकको ४२ करोड, नेपाल बैंकको ३९ करोड, नेको इन्स्योरेन्सको ३७ करोड र एनआइसी एशिया बैंकको ३३ करोड रुपैयाँको बराबरको शेयर किनबेच भयो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ४ फाल्गुन २०७७, मंगलबार  १५ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।