एक दर्जन फर्म मार्फत ९१ करोड राजश्व छलि, १३ जना विरुद्ध मुद्दा दायर

0
Shares

राजश्व अनुसन्धान विभागले एक दर्जन फर्म मार्फत राजश्व छलिमा संग्लन १३ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले झुट्टा तथा नक्कली मू.अ.कर विजक प्रयोग गरी ११ वटा फर्महरुको बैक खाता संचालक सर्लाही जिल्ला बलरा नगरपालिकाका सुवोध साह सहित १० जना तथा मतियार ३ जना समेत १३ जना विरुद्ध मुद्दा दायर गरेको हो।

उनीहरुबाट ९१ करोड ३० लाख ५६ हजार ५११ रुपैंया विगो असुल गरी जरिवाना र कैद सजाय मागदावी लिई फागुन ४ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

अभियुक्तहरुले एस.वि.के. इन्टरनेशनल, डाइनामिक ईन्टरनेश्नल ट्रेड प्रा.लि., एन.एस.एक्टिभ ईन्टरनेश्नल प्रा.लि, क्राउन इन्टरनेशनल सप्लायर्स प्रा.लि., मनरेगा सप्लायर्स, यूनियन इम्पेक्स, मेगा राईज ईन्टरनेश्नल ट्रेड प्रा.लि, सन साईन प्रोलिंक ट्रेड प्रा.लि, सि.बि.एस.ईन्टरनेशनल सप्लायर्स प्रा.लि, टिटानियम सप्लायर्स प्रा.लि, रेन्बो एक्टिभ सप्लायर्स प्रा.लिको संचालकहरु विरुद्ध मुद्दा दायर गरेको हो।

झुट्टा तथा नक्कली विजकका मुख्य कारोवारी, सवै फर्महरुका बैक खाता संचालक प्रतिवादी सुवोध साह समेतले कर विजकको कारोवार गर्ने प्रतिवादीहरु सुरेन्द्र सहनी, सरोज कुमार मिश्र, कलिम अंसारी, अवधेश पटेल, सुमन कुमार महतो, राजेश्वर महतो, ईदा खातुन, हरिन्द्र राम र मोतीलाल सहनी समेतको मिलेमतोमा एक दर्जन फर्महरु खडा गरि वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको विभागको भनाई छ ।

उनीहरु विरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन अनुसार ९१ करोड ३० लाख ५६ हजार ५११ रुपैंया विगो असुल गरी जरिवाना र कैद सजाय मागदावी लिई फागुन ४ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

साथै विजकको कारोवार एवं लेखा परीक्षण प्रतिवेदन तयार तथा लेखा परिक्षण गरी कर छलीमा सहयोग गर्ने लेखा परीक्षकहरु कृष्ण प्रसाद घिमिरे, दीपक निरौला र दीपक कुमार कोइरालालाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन बमोजिम मुख्य प्रतिवादीहरुलाई हुने सजायको आधा सजाय हुन मागदावी लिई मिति मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ फागुन २०७७, मंगलबार  १८ : २१ बजे