प्रदेश एकको परियोजना विकास र कार्यान्वयनमा निफ्राले सहकार्य गर्ने

0
Shares

प्रदेश नं. १ को पूर्वाधार क्षेत्रको विकासका लागि परियोजना विकास र कार्यान्वयन गर्न आवश्यक वित्तीय/प्राविधिक सहकार्यका लागि सार्वजनिक नीजि साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक सहमती भएको छ ।

सो समझदारी पत्रमा प्रदेश नं. १ को सार्वजनिक नीजि सहकारी साझेदारी तथा लगानी प्राधिकरणको तर्फबाट निर्देशक डा. सरोज कोईराला र नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले मंगलबार हस्ताक्षर गरेका हुन ।

प्राविधिक र आर्थिक रुपमा सम्भावित प्रादेशिक पूर्वाधारका परियोजनाहरु पहिचान गर्नु र सम्भावित परियोजनाहरुमा वित्तीय तथा प्राबिधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनौटका लगानी आवश्यक सहयोग बैंकको अगुवाइमा गर्ने सहमतीको उद्देश्य रहेको छ ।

साथै बैंकले स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट प्रदेश नं. १ मा पूर्वाधारका परियोजनाहरुको विकास तथा कार्यान्वयन गर्ने बैंकले जनाएको छ ।

कार्यक्रममा निर्देशक डा.सरोज कोईरालाले प्रदेश नं. १ मा कोशी रिफ्रेसमेन्ट सेन्टर, बीमा बाम्बो प्रोजेक्ट, इलेक्ट्रिक बस प्रोजेक्ट, उदयपुर सिमेन्ट रिभाइटजाइजेशन प्रोजेक्ट लगायतका केही पूर्वाधारका परियोजनाहरुको प्रारम्भिक अध्ययन विश्लेषण सम्पन्न भैसकेको जानकारी दिए ।

मुलुकको आर्थिक समृद्धिका लागि पूर्वधार परियोजनाहरुलाई आवश्यक सहयोग पुर्याउने उद्देश्य लिई, सार्वजनिक नीजि साझेदारीको अवधारणामा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रदेश नं. १ सँग समझदारीपत्रमा हस्ताक्षर गरे सँगै आगामि दिनमा मुलुकका अन्य प्रदेश सरकारहरु एवं स्थानीय निकायहरुसँग समेत यसैगरी सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०७७, मंगलबार  १८ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।