आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा

0
Shares

आइएमई जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको फागुन ४ गते बसेको ९७ औँ इन्योरेन्सको बैठकले हाल कायम रहेको चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर बापत चुक्ता पूँजीको ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

हाल इन्योरेन्सको चुक्ता पूँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको छ । कम्पनीले ७ प्रतिशतका दरले ७ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०७७, बुधबार  १० : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।