डिप्रोस लघुवित्तको २३ हजार ५ कित्ता संस्थापक शेयर बिक्रीमा

0
Shares

डिप्रोस लघुवित्तले लिलामी मार्फत साढे २३ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

लघुवित्तले शेयरधनी देवेन्द्र प्रताप शाहको नाममा रहेको २३ हजार ५ सय कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

शेयर खरिद गर्ने इच्छुक व्यक्ति, कम्पनी, संघ संस्थाहरुले फागुन ५ गते देखि फागुन २३ गते सम्म बैंकिङ्ग समयमा आवेदन दिनुपर्ने छ ।

आवेदन फारम २ सय रुपैयाँ भुक्तानी गरि सानिमा क्यापिटल पुतलीसडक काठमाण्डौबाट प्राप्त गर्ने सकिने बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ

क्यापिटलका अनुसार शेयरको न्यूनतम मूल्य ५०१ रुपैयाँ तोकिएको हुँदा सो भन्दा बढी मूल्य अंकित गरि आवेदन दिनुपर्ने छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०७७, बुधबार  ११ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।