अजोड इन्स्योरेन्सले लाभांश नदिने

0
Shares

अजोड इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को कमाईबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको माघ २१ गते बसेको ८४ औं बैठकले बिना लाभांश वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको थियो ।

सञ्चालक समितिको ८४ औं बैठकले कम्पनीको वित्तीय विवरण स्वीकृत गरी थप स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको र शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगरेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले जानकारी दिए ।

कम्पनीले असार २५ देखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो । कूल ३० लाख कित्ता निष्काशनमा ल्याइएकोमा १ लाख २० हजार कित्ता कर्मचारीलाई र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको थियो ।

कम्पनीको आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार २ लाख ७३ हजार जनाले गोला प्रथाबाट १० कित्ता पाएका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।