बलेफि हाईड्रोले साढे ३६ लाख कित्ता आईपीओ जारी गर्ने, आइएमई क्यापिटल बिक्री प्रबन्धक

0
Shares

बलेफि हाईड्रोपावर लिमिटेडले प्राथमिक शेयर आईपीओ निष्काशनको प्रक्रिया अगाडि बढाएको छ ।

जसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापीटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

शेयर निष्कासन सम्बन्धी सम्झौता–पत्रमा बलेफि हाईड्रोपावर लिमिटेडका कार्यकारी अध्यक्ष उमेश कसजु र ग्लोबल आइएमई क्यापीटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् ।

बलेफि हाईड्रोपावरले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको ३६ लाख ५५ हजार ९४० कित्ता साधारण शेयर जारी गर्ने भएको छ । बलेफीले स्थानीय बासिन्दा र सर्वसाधारणलाई उक्त सेयर जारी गर्न लागेको हो ।

आईपीओ जारीपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ८२ करोड पुग्नेछ । हाल चुक्ता पूँजी १ अर्ब ४६ करोड रुपैयाँ छ । आइपीओ बिक्रीपछि संस्थापक र सर्वसाधारणको शेयर रेसियो ७०ः३० हुनेछ ।

कम्पनीले सर्वसाधारणमा शेयर निष्कासनका लागि रेटिङ एजेन्सी इक्रा नेपालले बलेफीको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ ।

यस हाइड्रोपावर आयोजनाको कुल लागत ६ अर्ब ८ करोड ८० लाख रुपैयाँ रहेको छ । प्रतिमेगावट लागत १६ करोड ९० लाख रुपैयाँ पर्नेछ । यसले सिन्धुपाल्चोकमा ३६ मेगावट क्षेमता भएको अपर बलेफी “ए” निर्माण गरिरहेको छ ।