भैरहवाका इ–रिक्सामा पनि क्यूआर कोड मार्फत भुक्तानी दिन सकिने


नेपाल राष्ट्र बैंकको लेस क्यास समाजको निर्माण गर्ने अभियान अन्तर्गत भैरहवाका इ–रिक्सामा पनि डिजिटल कारोबारकको सुरुवात भएको छ । साइन रेसुङ्गा डेभलमेन्ट बैंकको प्रवद्र्धनमा सो क्षेत्रका इ रिक्सालाई क्यू आर कोड मार्फत भाडा भुक्तानी दिन सकिने भएको हो ।

बिहीबार बैंकले एक कायक्रम गर्दै नेपाल ई–रिक्सा संघमा आवद्ध ई–रिक्साहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको हो । कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले ई–रिक्साको भाडा क्यूआर कोडबाट भुक्तानी गरी शुरु गरेका हुन ।

डिजिटल बैकिङ्गको आवश्यकता औल्याउदै निर्देशक फुयालले आर्थिक कारोबारलाई सहज, सरल र सविधायुक्त बनाई हरेक क्षेत्रलाई डिजिटल मैत्री बनाउनु पर्ने बताए । ई–रिक्सा चालक संघ, सिद्धार्थनगरका अध्यक्ष हरीबहादुर नेपालीले डिजिटल कारोबारले आफुहरु उत्साहित भएको बताए ।

त्यस्तै, डिजिटल बैंकिङ्गको अवधारण अनुरुप शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सालझण्डी शाखाले ई–रिक्सा, फलफुल तथा तरकारी पसलहरुलाई क्यूआर कोड वितरणको गरेकोमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले क्यूआर कोड हस्तान्तरण गरेका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले अबको बैकिङ्ग डिजिटलाईजेसन तर्पm अग्रसर भइरहेको र यसले व्यक्तिको दैनिकीलाई सहज बनाउने हुँदा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले डिजिटल सेवाहरु निरन्तर विस्तार गर्दै ग्राहकमैत्री सेवाहरु ल्याई समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यसभन्दा अघि नेपाल राष्ट्र बैकका गभर्नरले काठमाडौंका विभिन्न तरकारी बजार तथा नेपाल यातायामा पनि क्यूआर कोड मार्फत भुक्तानी दिने कार्यको उद्घाटन गरेको थिए । त्यसैगरी गभर्नर अधिकारीले चितवनामा पनि रिक्सामा भाडा तिर्दा क्यू आर कोड मार्फत भुक्तानी गर्न सकिने सेवाको सुरुवात गराएका थिए । गभर्नर अधिकारीले बैंक वित्तीय संस्थालाई लेस क्यास सोसाइटि बनाउने तर्फ विद्युतीय माध्यमको भुक्तानी अभिना नै चलाउन आग्रह समेत गर्दै आएका छन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।