१४ अर्बको ईभी आयातमा ७१ प्रतिशतभन्दा बढी हिस्सा चीनको


काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा करिब १४ अर्बको विद्युतिय सवारी साधन (ईभी) आयात भएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालले १३ अर्ब ८४ करोड ७७ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको विद्युतीय कार, जिप र भ्यान आयात गरेको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार सात महिनाको अवधिमा कुल ५ हजार ८९४ युनिट विद्युतीय सवारी साधन नेपाल भित्रिएका हुन् । सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिँदै कर दर कम गरे पनि आयातको परिमाण बढेसँगै राजस्व संकलनमा उल्लेख्य योगदान पुगेको छ।

७ महिनामा भित्रिएको ईभीबाट सरकारले ८ अर्ब ४६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार ५१ किलोवाटदेखि १०० किलोवाटसम्म क्षमताका विद्युतीय सवारी सबैभन्दा धेरै ३ हजार ४ सय २ वटा आयात भएका छन्। ८ अर्ब ७६ करोड रुपैयाँ बराबरको सवारी आयात गरिएको हो जसबाट सरकारले ५ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

त्यसैगरी, ५० किलोवाटसम्मका १ हजार ९ सय ९२ वटा विद्युतीय सवारी आयातमा ३ अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ । जसबापत सरकारले १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

उच्च क्षमतातर्फ हेर्दा १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ४ सय ९३ वटा विद्युतीय सवारी आयात भएका छन्। यी सवारीको आयात मूल्य करिब १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ भने १ अर्ब ३० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।

त्यस्तै, २०१ किलोवाटदेखि ३०० किलोवाट क्षमताका ७ वटा विद्युतीय सवारी आयात हुँदा करिब ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने यसबाट ७३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको भन्सार तथ्यांकले देखाउँछ।

नेपालमा चीनबाट सबैभन्दा धेरै ईभी आयात हुने गरेको छ । समिक्षा अवधिमा चीनबाट मात्रै यस अवधिमा कुल ४ हजार २०४ युनिट विद्युतीय गाडी आयात भएका छन् । जसको कुल आयात मूल्य करिब ९ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।

जुन कुल आयातको ७१ प्रतिशतभन्दा बढी हिस्सा हो । चीन आयातित गाडिबाट सरकारले ६ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

चीनबाट एसेम्बल नगरिएका ६ हजार ४२ वटा र एसेम्बल गरिएका ४ हजार २३३ वटा विद्युतीय तीन पाङ्ग्रे सवारी आयात भएका छन् । यसैगरी, ५० किलोवाटसम्म क्षमताका १ हजार २५६ वटा कार, जीप तथा भ्यान आयात भएका छन्। चीनबाटै ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका २ हजार ५०२ वटा, १०१ किलोवाटदेखि २०० किलोवाट क्षमताका ४४२ वटा तथा २०१ किलोवाटदेखि ३०० किलोवाट क्षमताका ४ वटा सवारी आयात भएको भन्सार विभागले जनाएको छ।

यस्तै, चीन पछिबाट सबैभन्दा धेरै विद्यूतिय गाडि भारतबाट आयात हुने गरेको छ । ईभी आयात दोस्रो ठुलो स्रोतका रूपमा रहेको भारतबाट आर्थिक वर्षको सात महिनामा भारतबाट १ हजार २६३ युनिट विद्युतीय गाडी आयात भएका छन् । उक्त अवधिमा २ अर्ब ६५ करोड रुपैयाँ बराबरको इभी आयात गरिएको हो ।

भारतबाट कुल २ हजार २१८ वटा विद्युतीय सवारी भित्रिएका छन्। भारतबाट ११७ वटा एसेम्बल नगरिएका र ८३६ वटा एसेम्बल गरिएका तीन पाङ्ग्रे सवारी साधन आयात भएका छन् ।

window.addEventListener(“message”,function(a){if(void 0!==a.data[“datawrapper-height”]){var e=document.querySelectorAll(“iframe”);for(var t in a.data[“datawrapper-height”])for(var r,i=0;r=e[i];i++)if(r.contentWindow===a.source){var d=a.data[“datawrapper-height”][t]+”px”;r.style.height=d}}});

५० किलोवाटसम्म क्षमताका ७३६ वटा (साथै २ वटा एसेम्बल नगरिएका) कार, जीप तथा भ्यान आयात भएका छन् भने ५१–१०० किलोवाट क्षमताका ४९८ वटा र १०१–२०० किलोवाट क्षमताका २९ वटा सवारी भित्रिएका छन्।

त्यस्तै थाइल्याण्डबाट पनि नेपालमा ईभी आयात उल्लेख्य रूपमा भइरहेको छ । समिक्षा अवधिमा थाइल्याण्डबाट १ अर्ब १३ करोड रुपैयाँ बराबरको ४०१ युनिट विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।

थाइल्याण्डबाट ५१–१०० किलोवाट क्षमताका ४०१ वटा सवारी आयात भएका छन्। संयुक्त राज्य अमेरिकाबाट १०१–२०० किलोवाट क्षमताका १० वटा र २०१–३०० किलोवाट क्षमताका २ वटा गरी १२ वटा सवारी आयात भएका छन् । यस्तै, जर्मनीबाट १० वटा, दक्षिण कोरियाबाट २ वटा, अष्ट्रियाबाट १ वटा तथा संयुक्त अधिराज्यबाट १ वटा विद्युतीय सवारी आयात भएको छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।