बीमालेख धितो ऋण बैंकहरुको क्षेत्राधिकारभित्र पर्दैन : समिति

0
Shares

बैंकहरुले बीमालेख धितोमा राखेर ऋण दिन थालेपछि बीमा समितिले नेपाल राष्ट्र बैंकसँग समन्वय गर्न खोजेको छ ।

समितिले राष्ट्र बैंकलाइ पत्राचार गर्दै बीमालेख धितोमा राखेर ऋण दिने काम बैंकहरुको क्षेत्राधिकार भित्र नपर्ने भन्दै पत्र पठाएको हो।

बीमा पोलिसी धितोमा राखेर बैंकबाट ऋण दिने व्यवस्था कानुन विपरित र बैंकहरुको क्षेत्राधिकार बाहिरको कुरा भएका कारण समन्वय गर्नका लािग राष्ट्र बैंकलाई पत्र पठाईएकोे समितिका सूचना अधिकारी निर्मल अधिकारीले नोटबजार डटकमलाई बताए ।

“बीमा पोलिसी धितोमा राखेर कर्जा दिन मिल्ने नमिल्ने त बीमा कम्पनीहरुले गर्ने कुरा हो,” अधिकारीले भने,“बैंकहरुले नै पोलिसी धितोमा राखेर ऋण दिन पाइन्छ ? बैंकहरुले नै ऋण दिन थाले भने त बीमा कम्पनीको काम पनि बैंकले गर्ने भए त्यस कारण राष्ट्र बैंकसँग समन्वय गरिएको हो ।”

पोलिसी धितो राखेर बीमा कम्पनीले मात्रै ऋण दिन पाउने र बैंकहरुले बीमा पोलिसी धितोमा राखेर ऋण दिनु उनीहरुको क्षेत्राधिकार भित्रको कुरा नहुने उनको भनाई छ ।

बीमितले बीमा गरेको दुई वर्षपछि बीमालेख धितोमा राखी ऋण लिन सक्छन् । तर केही समयअघि बैंकहरुले बीमालेख जारी गरेको भोलिपल्ट नै बीमालेख धितोमा राखी ऋण दिने भन्दै सूचना प्रकाशित गरेपछि बीमा कम्पनीहरु समिति पुगेका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।