ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ आज बाँडफाँड गरिदैं

0
Shares

ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा निष्काशन गरेको आइपीओ आज बाडफाँड हुदैछ। । बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार ग्रीनलाइफले जारी गरेको आइपीओ शुक्रबार बिहान बाँडफाँड हुने भएको हो।

हाइड्रोपावरको आइपीओमा १३ लाख २२ हजार ९७१ जना आवेदकबाट २ करोड २६ लाख ३३ हजार १७० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर बाँडफाँड हुनेछ।

कम्पनीले सर्वसाधरणका लागि कुल ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर निष्काशन गरेको थियो। त्यस अनुसार ३ लाख २५ हजार १६५ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् भने बाँकी दुई जनाले थप एक एक कित्ता शेयर पाउने देखिन्छ । जसको आधारमा आवेदन दिएकामध्ये ९ लाख ९७ हजार ८०६ जनाको हात खाली हुने देखिन्छ।

ग्रीनलाइफ हाइड्रोपावरले कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणमा बाँडफाँड गरिनेछ ।

कम्पनीले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।