नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार २ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । दुवै कम्पनीको गत आर्थिक वर्षको प्रस्तावित बोनशपछिको मूल्य समायोजन भएको हो।
नेप्सेले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र नेरुडे लघुवित्त संस्थाको शेयर मूल्य समायोजन गरेको हो।
लाइफ इन्स्योरेन्स कर्पोरेशनको १० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता शेयर मूल्य २ हजार ५ सय ५ रूपैयाँ कायम गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २ हजार ७ सय ५५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
यस्तै नेरुडे लघुवित्त संस्थाको ८ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता एक हजार ३ सय ६४ रूपैयाँ कायम गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ४ सय ७३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया