ग्रामीण विकास लघुवित्तको ६ लाख कित्ता लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम

0
Shares

ग्रामीण विकास लघुवित्तले साउन ८ गते बुधबारदेखि लिलामीमा राखेको झण्डै ६ लाख कित्ता शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो ।

कम्पनीले हकप्रदमा बिक्री नभएका ३ लाख ९२ हजार ३९३ कित्ता संस्थापक र १ लाख ९० हजार ४५१ कित्ता साधारण गरी कूल ५ लाख ८२ हजार ८४४ कित्ता शेयर बोलकबोलमार्फत बिक्री खुला गरेको हो।

लिलामी शेयरमा आवेदन दिन इच्छुक लगानीकर्ताले साउन १५ गते (आज) बैंकिंग समयसम्म आवेदन दिन सक्नेछन्। लिलामी प्रक्रियाको लागि एनआईबिएल क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीको शेयरमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा लगनखेल, पोखरा, बुटवल, वीरजञ्ज र विराटनगर शाखाबाट, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट बोलपत्रआवेदन पेश गर्न सकिनेछ। यस्तै ग्रीन डेभलपमेन्ट बैंकबाट पनि लगानीकर्ताले लिलामी शेयरमा आवेदन गर्न सक्ने जनाइएको छ।

लिलामी शेयरमा लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँ अंकित गरी कम्तिमा १०० कित्तादेखि अधिकतम सबै शेयर खरिदको लागि आवेदनदिन सक्नेछन्।

कम्पनीले बैशाख २७ देखि जेठ ३० गते सम्म ३२ लाख ७५ हजार कित्ता हकप्रद निष्काशन गरेको थियो। २६ लाख ९२ हजार १ सय ५६ कित्ताशेयर मात्र बिक्री भएपछि बाँकी रहेको शेयर लिलामीमा निकालेको हो।

हाल ६५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद बिक्री पश्चात चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ।