आन्तरिक राजश्व विभागका प्रमुखमा झक्कप्रसाद आचार्य नियुक्त

0
Shares

आन्तरिक राजश्व विभागका महानिर्देशकमा झक्कप्रसाद आचार्य नियुक्त भएका छन्।

अर्थ मन्त्रालयअन्तर्गतको वित्त क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख रहेका सहसचिव आचार्यलाई विभाग प्रमुखको जिम्मेवारी दिइएको हो । आचार्यले राजश्व विभागको महानिर्देशकका रुपमा नियुक्ति पाएको जानकारी दिए ।

गत माघ १ गते तत्कालीन महानिर्देशक विनोद कुँवरको गण्डकी प्रदेशमा सरुवा भएपछि सो पद रिक्त रहेको थियो । एक महिनादेखि खाली रहेको उक्त स्थानमा आचार्यलाई जिम्मेवारी दिइएको हो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ फाल्गुन २०७७, शुक्रबार  १७ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।