काठमाडौँ–९ मा पनि रास्वपाको अग्रता


काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ ।

हालसम्म गनिएका दुई हजार २४४ मतमध्ये रास्वपा उम्मेदवार डोलप्रसाद अर्यालले चार हजार २३४ प्राप्त गरेको निर्वाचन अधिकृत मेनुका घिमिरेले बताइन्।

नेपाली कांग्रेसकी नानु बास्तोलाले २६१ र एमालेका अजयक्रान्ति शाक्यले १५२ मत प्राप्त गर्नुभएको छ । बलम्वु नगरपालिका भवनमा मतगणना जारी छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  ०७ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।