जीवन बीमा कम्पनीहरुलाई पनि एनएफआरएस लागू

0
Shares

बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई पनि नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको छ ।

समितिले आइतबार निर्देशन जारी गर्दै एनएफआएस निर्देशिका २०७७ अनुसारको वित्तीय विवरण बनाई प्रकाशित गर्न भनेको हो ।

समितिले यो भन्दा अघि पुनर्बीमा र निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुलाई एनएफआरएसमा आधारित वित्तीय विवरण तयार गर्न निर्देशन दिएको थियो ।

समितिले जीवन बीमा, निर्जीवन बीमा तथा पुनरर्बीमा कम्पनीहरुलाई छुट्टाछुट्टै एनएफआरएस सम्बन्धी निर्देशन, २०७७ नै जारी गरेको छ ।

अब जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्दा समितिको निर्देशन बमोजिम एनएफआरएसमा आधारित रहेर गर्नुपर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।