१० हजार बढी मतान्तरले अगाडी बालेन


काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले अग्रता कायमै राखेका छन् ।

बालेनले १३ हजार ६५४ मत पाउँदा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३ हजार ११ मत प्राप्त गरेका छन् । बालेन र ओलीबिच १० हजारभन्दा बढीको मतान्तर छ ।

श्रम संस्कृति पार्टीका समिर तामाङले १ हजार ५१७ मत पाएका छन् । यस्तै नेपाली कांग्रेसकी मंधरा चिमरियाले ४०३ मत पाएकी छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रञ्जित तामाङले ३७० मत पाएका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  १९ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।