पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ


काठमाडौँ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ गरिएको छ । उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको स्रोतले पुष्टि गरेको हो ।

उनीविरुद्धको कसुर भने खुलाइएको छैन । तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ साल फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए ।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार  ०७ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।