गोरखा । प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नं १ मा मतगणना सुरू भएको छ ।
भौगोलिक विकटताका कारण मतपेटिका सङ्कलनमा ढिलाइ हुँदा मतदान सम्पन्न भएको दुईदिनपछि मात्रै यसक्षेत्रको मतगणना सुरू भएको हो ।
जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज मध्यान्ह्र १२ः३० बजेबाट मतगणना थालिएको मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद गौतमले जानकारी दिए ।
मतगणनाका लागि तारजालीसहितको सुरक्षा व्यवस्था मिलाइएको छ । गोरखा–१ मा एक स्वतन्त्रसहित १२ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।












प्रतिक्रिया