दाङ २ मा रास्वपाका विपिन आचार्यले एमालेका पोखरेललाई २८ हजार मतले हराए


काठमाडौं । दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विपिन आचार्य विजयी भएका छन् । आचार्यले पोखरेललाई २८ हजार मतले हराएका हुन् ।

रास्वपाका आचार्यले ४३ हजार ५५९ मत ल्याएर २८ हजार २७२ मतान्तरले विजयी भएका छन् । पोखरेलले १५ हजार २८७ मत ल्याएर दोस्रोमा खुम्चिएका छन् । नेपाली कांग्रेसका किरण किशोर घिमिरेले ११ हजार ५५८मत ल्याएर तेस्रो बनेका छन्।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार  १७ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।