कोशी प्रदेशमा ६ मध्ये ५ वटामा रास्वपाको जित, एक वटामा नेपाली काँग्रेस


विराटनगर । कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमध्ये ६ वटाको अन्तिम परिणाम घोषणा हुँदा ५ वटा निर्वाचन क्षेत्रमा रास्वपाले जित भएको छ।

रास्वपाले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा बालेन्द्र शाह, झापा ३ मा प्रकाश पाठक, मोरङको निर्वाचन क्षेत्र २ मा कृष्ण कार्की, मोरङ ४ मा सन्तोष राजवंशी, मोरङ ५ मा आशा झा र मोरङ ६ रुविना आचार्यले जित निकालेकी हुन् । तेह्रथुममा भने नेपाली काँग्रेसका सन्तोष वान्तवा निर्वाचित भएका छन्।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार  २० : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।