सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ३ हजार ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ४७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार १७१.९२ अमेरिकी डलर र चाँदी ८४.५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार  १० : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।