काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ३ हजार ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ४१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार ८९.३३ अमेरिकी डलर र चाँदी ८२.६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया