काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन पछिको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेसँगै आजका लागि कारोबार बन्द भएको छ । आज १६२.९३ अंकले बजार बढेसँगै तेस्रो सर्किट ब्रेक लागेर कारोबार बन्द भएको हो ।
सो वृद्धिसँगै नेप्से २८७५.४३ अंकमा कायम भएको छ । आज कुल ११ लाख ४३ हजार ७६७ कित्ता सेयर ५५ करोड ५९ लाख ६३ हजार रुपैयाँमा किनबेच भएको छ ।
चुनावपछि देशभरको मतपरिणाम आउने क्रम जारी छ । हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाई नजिक पुगेको छ । जसले लगानीकर्ताको विश्वास बढ्न गई बजारमा प्रभाव देखिएको छ ।
कारोबार खुलेको एक मिनेटमै पहिलो सर्किट ब्रेक लागेको थियो । २० मिनेट स्थगितपछि खुलेको बजारमा फेरि अर्को एक मिनेटमै दोस्रो सर्किट ब्रेक लागेको थियो । त्यसपछि ४० मिनेट स्थगित भइ खुलेको सेयर बजारमा अर्को एक मिनेट नपुग्दै सर्किट ब्रेक लागेपछि सोमबारका लागि कारोबार स्थगित भएको हो ।












प्रतिक्रिया