इलाम १ मा कांग्रेसका निश्कल राई निर्वाचित


इलाम । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर १ मा निश्कल राई निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार राई १४ हजार ५४३ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले १३ हजार ६३२ मत प्राप्त गरेका थिए । उक्त क्षेत्रबाट नेकपा एमालेले ११ हजार ९६६ मत प्राप्त गरेको छ । रास्वपाका उम्मेदवार विमल गदालले ९ हजार १६० मत प्राप्त गरे ।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार  १६ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।