गोरखा १ मा सुदन गुरुङ विजयी


गोरखा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ विजयी भएका छन् ।

गुरुङले २९ हजार ८९६ मत ल्याएर विजयी भएका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीलाई १४ हजार ४९८ मतले पराजित गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार खत्रीले १५ हजार ३९८ मत प्राप्त गरे ।

यस्तै नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र लामिछानेले तीन हजार ७३२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार  १७ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।