तेलको मूल्य घटाउन सीमित प्रतिबन्ध फुकुवा गर्ने ट्रम्पको घोषणा


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी रूपमा बढिरहेको तेलको मूल्य कम गर्न तेलसँग सम्बन्धित केही निश्चित प्रतिबन्ध फुकुवा गर्ने बताएका छन् ।

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेयता तेलको मूल्यमा भारी वृद्धि भएसँगै उपभोक्ताले इन्धनका लागि बढी शुल्क तिर्नुपरेको छ । यद्यपि, ट्रम्पले कुन–कुन प्रतिबन्धहरू हटाइनेछन् भन्नेबारे स्पष्ट खुलाएका छैनन् ।

इरान र रुस विश्वकै सबैभन्दा धेरै प्रतिबन्ध झेलिरहेका देशहरू हुन् । र, यी दुवै राष्ट्र तेलका धनी मानिन्छन् । हालै मात्र अमेरिका र भारतबीच भएको एक व्यापार सम्झौतापछि ट्रम्पले भारतलाई रुसबाट थप तेल आयात गर्न छुट दिएका थिए । उक्त सम्झौता भारतले त्यहाँबाट तेल खरिद कटौती गर्ने सर्तमा आधारित थियो ।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार  ०९ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।