काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
आईपीओमा चार कार्यदिन निष्कासन खुल्ला गर्नुपर्ने व्यवस्था रहेको र यसैबीचमा प्रतिनिधिसभाको निर्वाचन भई नेपाल सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक विदा दिएको एवं २३ गते शनिवार र २४ गते नारी दिवस पनि सोही अवधिमा पर्न गएको कारणले कम्पनीले निष्कासन अवधि थप गरेको थियो । यद्यपी मागभन्दा बढी आवेदन परेकोले कम्पनीले आजसम्म मात्र आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२।६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
जसअनुसार, कम्पनीले कर्मचारीहरुका लागि ४४ हजार ४०० कित्ता छुट्याई बाँकी रहेको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ करोड ४२ लाख ६० हजार रुपैयाँबराबरको १८ लाख ४२ हजार ६०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।












प्रतिक्रिया