पोखरामा ६ टन बढी मकैको बीउ अनुदानमा


गण्डकी । पोखरा महानगरपालिकाले महानगरभित्रका किसानलाई ६ टन बढी मकैको बीउ अनुदानमा वितरण गरेको छ ।

महानगरभित्र मकैखेतीप्रति किसानलाई आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरिएको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए। उनका अनुसार किसानलाई ‘रामपुर कम्पोजिट’ जातको बीउ १ हजार १०० किलो, अरुण–२ जातको बीउ ३ हजार १०० किलो र मनकामना–३ जातको बीउ २ हजार १० किलो वितरण गरिएको छ । प्रतिकिलो १ सय १० रुपैयाँ पर्ने मकैको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।

अनुदानमा बीउ वितरणका लागि महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेकामा निवेदन दिएका ५०० भन्दा बढी किसानलाई बीउ उपलब्ध गराइएको उनले जानकारी दिए। महानगर क्षेत्रमा करिब ६ हजार हेक्टरमा मकैखेती हुने गरेको उनले बताए।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार  १६ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।