काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुृधबार सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । जुन मंगलबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार २०३.८५ अमेरिकी डलर र चाँदी ८८.१८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया