बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको ३ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ, तेजावी ८९ हजार ३५० रुपैयाँ र चाँदी १ हजार ३४५ रुपैयाँ तोकिएको छ ।
मंगलबार छापावाला सुन तोलाको ९० हजार १ सय रुपैयाँ, तेजावी ८९ हजार ६५० रुपैयाँ र चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार फागुन ५ गते बुधबार पनि आजकै मूल्यमा सुनको कारोबार भएको थियो।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया