काठमाडौँ । लगानीकर्ताहरू नाफा बुक गर्नमा केन्द्रित हुँदा सेयर बजार परिसुचकमा उच्च अंकको गिरावट आएको छ । बुधबार नेप्से ४६.७८ अंकले घटेर २७९६.५७ विन्दुमा झरेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार कुल ३२९ कम्पनीका ३ करोड ६० लाख ४९ हजार ४५१ कित्ता सेयरहरु १ लाख १५ हजार ५५० पटक किनबेच हुँदा १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार नेप्से ३२.०२ अंकले घटेर २८४३.३५ अंकमा पुग्दा कारोबार रकम २१ अर्ब ५० करोड २० लाख ३१ हजार रुपैयाँमा पुगेको थियो ।
बुधबारको कारोबारमा ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२५ कम्पनीको सेयर मूल्य घट्दा ३ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बुधबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये सालपा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, नेश्नल हाइड्रो, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर कम्पनी रकुमारी सबल योजनाको सेयर मूल्य धेरै बढ्ने सूचीको शीर्ष ५ मा परेका छन् ।
त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा कालिका पावर कम्पनी पहिलो स्थानमा रहेको छ । बुधबार कालिका पावर कम्पनीको सेयर मूल्य करिब ८ प्रतिशतले घटेको छ । त्यसैगरी, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा पञ्चकन्या माई हाइड्रो, थ्री स्टार हाइड्रो, ट्रेड टावर र वियोर इनर्जी रहेका छन् ।
बुधबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा रिडी पावर कम्पनी रहेको छ । रिडी पावर कम्पनीले ८५ करोड ९४ लाख ५० हजार रुपैयाँको सेयर किनबेच हुँदा आँखुखोला हाइड्रो ५१ करोड २९ लाख ८६ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा नेस्नल हाइड्रो पावर कम्पनी रहेको छ भने चौथो स्थानमा अपी पावर कम्पनी र पाँचौ स्थानमा ङादी ग्रुप रहेको छ ।
बुधबार सेयर बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरणमा पनि गिरावट आएको छ । मंगलबार ४७ खर्ब ८३ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण बुधबार ४७ खर्ब ४ अर्ब रुपैयाँमा घटेको छ । बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा ७९ अर्ब रुपैयाँले बढेको हो ।












प्रतिक्रिया