कर प्रणाली सुधारका लागि आन्तरिक राजश्व विभागले माग्यो सुझाब

0
Shares

आन्तरिक राजस्व विभागले आगामी बजेट मार्फत गर्नुपर्ने कर प्रणाली सुधारका लागि सरोकारवालहरुसँग सुझाब माग गरेको छ।

विभागको नीति विश्लेषण शााखाले आगामी आर्थिक वर्ष २०७८/७९ के आर्थिक ऐन तथा बजेट तर्जुमाको सन्दर्भमा आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तशुल्कको क्षेत्रमा गर्नुपर्ने सुधारका लागि सुझाव माग गरेको हो ।

यस्तै विभागले समग्र कर प्रणाली सुधारका बिषयमा नीतिगत र कानूनी सुधारका साथै प्रक्रियागत सरलिकरण सम्बन्धीका सुझाब फागुन मसान्तभित्र पेश गर्न आग्रह गरेको छ। सुझाब विभागको नीति विश्लेषण शाखाको ईमेल ठेगानामा पठाउन आग्रह गरको छ ।

आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु भएसँगै आन्तरिक राजस्व विभाग, राजस्व परामर्श विकास समिति तथा भन्सार विभागले पनि सुझाव संकलन अघि बढाइसकेका छन्। यसअघि अर्थमन्त्रालयले पूर्व अर्थसचिवहरुसँग छलफल गरेको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

 

प्रकाशित मिति: १३ फाल्गुन २०७७, बिहिबार  १२ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।