सानिमा जिआईसीले कति दिने भयो लाभांश ?


काठमाडौँ । सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

फागुन २९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त दरमा लाभांश वितरण हुनेछ।

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार  १० : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।