काठमाडौँ । नेपालले इरानलाई ‘अन अराइभल भिसा’ नदिने भएको छ । नेपाल सरकारले अन अराइभल भिसा उपलब्ध नगराउने निर्णय भएको अध्यागमन विभागले जनाएको छ ।
विभागका अनुसार सरकारी र कूटनीतिक राहदानी बाहेक इरानी नागरिकले विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएर मात्र नेपाल आउन पाउने छन् ।
नेपालले अनअराइभल भिसा रोक लगाएका मुलुकको सूची १३ पुगेको छ । नाइजेरिया, घाना, जिम्बाबे, क्यामरुन, स्वाजिल्यान्ड, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकलाई नेपालले यसअघि नै अन अराइभल भिसा दिँदैन ।












प्रतिक्रिया