सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसुचक सामान्य अंकले बढेको छ । आज नेप्से ४.४५ अंकले बढेर २८२४.९० विन्दु कायम भएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार कुल ३५० कम्पनीका ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता सेयरहरु १ लाख २४ हजार ४९० पटक किनबेच हुँदा १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार नेप्से २३.८७ अंकले बढेर २८२०.४४ अंकमा पुग्दा कारोबार रकम १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार रुपैयाँमा पुगेको थियो ।

आइतबारको कारोबारमा १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३० कम्पनीको सेयर मूल्य घट्दा ९ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आइतबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये सोलु हाइड्रो, सालपा विकास बैंक र होटल फरेष्टको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । त्यस्तै, ग्रीनफाइफ हाइड्रो र अभियान लघुवित्तको सेयर मूल्य धेरै बढ्ने सूचीको शीर्ष ५ मा परेका छन् ।

त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा दरमखोला हाइड्रो पहिलो स्थानमा रहेको छ । आइतबार दरमखोला हाइड्रोको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यसैगरी, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा खानीखोला हाइड्रो, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ, थ्री स्टार हाइड्रोपावर र हिमस्टार उर्जा कम्पनी रहेका छन् ।

आइतबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा ग्रीन लाइफ हाइड्रो रहेको छ । ग्रीन लाइफ हाइड्रोले ८१ करोड १ लाख २१ हजार रुपैयाँको सेयर किनबेच हुँदा रिडी पावर कम्पनी ६७ करोड ९६ लाख ४३ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा नेश्नल हाइड्रो पावर कम्पनी रहेको छ भने चौथो स्थानमा हिमाल दोलखा हाइड्रो र पाँचौ स्थानमा राधी विद्युत कम्पनी रहेको छ ।

आइतबार सेयर बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरणमा पनि सुधार आएको छ । बिहीबार ४७ खर्ब ४४ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण आइतबार ४७ खर्ब ५४ अर्ब रुपैयाँमा बढेको छ । बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा १० अर्ब रुपैयाँले बढेको हो ।

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार  १५ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।