
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस लिएको आरोपमा प्रमुख सशस्त्र प्रहरी निरीक्षक र नायब निरीक्षकलाई पक्राउ गरेको छ ।
आयोगले सशस्त्र प्रहरी बल वेश क्याम्प रुपन्देहीका कार्यालयमा कार्यरत प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीलाई बिहीबार पक्राउ गरेको जनाएको छ ।
आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले रुपन्देहीको गैडहवा ३ लोण्डिहवा स्थित एस.एन. सव इन्टरप्राइजेज प्रा.लि. अगाडिबाट ५० हजार घुस लिइसकेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको आयोगले जनाएको हो ।
काष्ठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरेको सूचनाका आधारमा अनुसन्धानमा खटिएको टोलीले पक्राउ गरेको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया