महिला लघुवित्तको आईपीओ नतिजा मेरोशेयरमा अझै अपलोड हुन सकेन

0
Shares

महिला लघुवित्तले निष्काशन गरेको आईपीओ बाँडफाड भएको चार घण्टा पुग्दा समेत लगानीकर्ताले नतिजा हेर्न पाएका छैनन् । संचार माध्यमबाट आईपीओको नतिजा प्रकाशनमा रोक लगाएको सिडिएससीले अझैसम्म आफ्नै वेबसाइटमा नतिजा अपलोड गर्न सेकेको छैन्।

महिला लघुवित्तको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले शुक्रबार बिहान ८ बजे आईपीओ बाँडफाँड गरेको थियो । यो समाचार तयार पार्दासम्म आईपीओ बाँडफाँड भएको चार घण्टा बढी समय भइसकेको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टको वेबसाइट राम्रोसँग चलेको छैन भने मेरोशेयरमा ओभरलोड हुँदा सिडिएससीले आईपीओको नतिजा अपलोड गर्न समेत सकेको छैन ।

यस अघिका नतिजाहरु विभिन्न संचारमाध्यममा प्रकाशित हुँदा लगानीकर्ताले सहज रुपमा नतिजा हेर्ने गरेका थिए । तर बिना तयारी कुनै वैकल्पीक पूर्वाधार नबनाईकन मिडियामा नतिजा रोक लगाउँदा आम लगानीकर्ता समयमै सूचना पाउनबाट बन्चित भएका छन् ।

यता आईपीओको नतिजाका लागि मेरोशेयरमा लोड बढेसंगै लगानीकर्ताले सहज रुपमा मेरोशेयर खोल्न पाएका छैनन् बिहीबार शेयर बिक्रीगर्नेहरुले ईडिआइस समेत सहज रुपमा गर्न नसकेको अवस्था छ । जसले गर्दा लगानीकर्ताहरु क्लोज आउटमा पर्न सक्ने सम्भावना अधिक देखिन्छ । क्लोज आउटमा परेमा लगानीकर्ताले २० प्रतिशत जरिवाना तिर्नुपर्ने हुन्छ।

बोर्ड अध्यक्ष भन्छन् छलफल गरौँला

यता नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले आईपीओको नतिजा हेर्ने सहज वातारण बनाउने विषयमा छलफल गरिने नोटबजारसँगको कुराकानीमा बताए ।आईपीओ नतिजा कसलाई दिने कसलाई नदिने, कसरी प्रकाशन गर्ने, कहाँ कहाँ प्रकाशित गर्ने भन्ने सम्पूर्ण जिम्मा सिडिएससीलाई दिएको बताए ।

बोर्डमा लगानीकर्ताको डिम्याट नम्बर दुरुपयोग गरिएको उजुरीहरु परेकाले संचार माध्यममा आईपीओको नतिजा रोक लगाइएको हो । यसको कार्यान्वयन, प्रभावकारिता र असरहरु हेरेर आगामी दिनमा सहज बनाउने विषयमा थप छलफल गरिने उनले बताए । उपयुक्त सिस्टमबाट नतिजा हेर्ने वातारण मिलाइन पहल गरिने पनि ढुङ्गानाको भनाई छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।