काठमाडौँ । गोदरेज एप्लायन्सेसले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै उत्सव योजना ‘मनैदेखि वाउ’ सार्वजनिक गरेको छ । योजनाअन्तर्गत गोदरेजका रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ, भिसी कुलर, डीप फ्रिजर तथा एयर कूलरलगायतका उत्पादन खरिद गर्दा उपभोक्ताले विभिन्न उपहार, क्यासब्याक तथा सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत फ्रन्ट लोड वासिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल, टप लोड वासिङ मेसिनमा ४ केजी तथा ट्विन टब वासिङ मेसिनमा २ केजी सर्फ एक्सेल निःशुल्क उपलब्ध हुनेछ । त्यस्तै, एयर कन्डिसनर खरिदमा निःशुल्क इन्स्टलेसनको सुविधा दिइनेछ ।
उपभोक्ताले २८ हजार ५०० रुपैयाँसम्मको क्यासब्याक, निःशुल्क डेलिभरी, शून्य प्रतिशत ब्याजदरमा ईएमआई तथा एक्सचेन्ज सुविधा पनि प्राप्त गर्न सक्नेछन् । गोदरेजका फ्रन्ट लोड वासिङ मेसिनमा ४ वर्षको कम्प्रिहेन्सिभ वारेन्टी उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ‘मनैदेखि वाउ’ योजना उपभोक्ताको आवश्यकता तथा चाडपर्वलाई ध्यानमा राखेर ल्याइएको हो । योजनामार्फत चाडपर्वका अवसरमा आधुनिक घरेलु उपकरण खरिदलाई सहज बनाउने उद्देश्य राखिएको कम्पनीले जनाएको छ ।
गोदरेज इन्टरप्राइजेज ग्रुपअन्तर्गतको गोदरेज एन्ड बोइसको एप्लायन्सेस व्यवसाय सन् १९५८ देखि घरेलु उपकरण उत्पादनमा सक्रिय रहेको कम्पनीले जनाएको छ । ‘थिङ्स मेड थटफुल्ली’ भन्ने दर्शनअनुसार कम्पनीले प्रविधि र उपयोगी डिजाइनमा आधारित उत्पादन बजारमा ल्याउँदै आएको छ ।
चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले नेपालमा गोदरेजका उत्पादन उपलब्ध गराउँदै आएको छ । उत्पादनहरू नेपालभरका सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलर नेटवर्क, शोरुम तथा सीजी डिजिटल प्लेटफर्ममार्फत उपलब्ध हुने जनाइएको छ ।
यो विशेष उत्सव योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।







