काठमाडौँ । दसैँलाई लक्षित गर्दै विश्वप्रसिद्ध घरायसी उपकरण ब्रान्ड बेकोले ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ नामक विशेष उत्सव योजना सार्वजनिक गरेको छ। नेपालका लागि बेकोको आधिकारिक वितरक चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले यो योजना ल्याएको हो।
भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको यस योजनाअन्तर्गत ग्राहकहरूले बेकोका विभिन्न घरायसी उपकरण खरिद गर्दा आकर्षक निःशुल्क उपहार, क्यासब्याक तथा सहज भुक्तानी सुविधा प्राप्त गर्न सक्नेछन्।
योजनाअनुसार वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल, डिशवाशर खरिदमा २ थान वाशिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभन खरिदमा प्रेसर कुकर तथा डबल डोर रेफ्रिजरेटर खरिदमा इलेक्ट्रिक केटल निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ। त्यसैगरी, एयर कन्डिसनर (एसी) खरिद गर्ने ग्राहकलाई निःशुल्क इन्स्टलेसन सुविधा प्रदान गरिनेछ।
उपहारका अतिरिक्त ग्राहकले ३० हजार २०० सम्मको क्यासब्याक र शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधासमेत पाउनेछन् । बेकोले आफ्ना उत्पादनहरूमा शतप्रतिशत स्पेयर पार्ट्सको उपलब्धता तथा बिक्रीपछिको सर्भिस सुनिश्चित गर्दै १२ वर्षको मोटर वारेन्टीसमेत उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
दसैँको समयमा आधुनिक प्रविधि र ऊर्जा दक्ष घरायसी उपकरणमार्फत उपभोक्ताको दैनिक जीवनलाई सहज र खुसीमय बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीको भनाइ छ । बेकोका रेफ्रिजरेटर, वाशिङ मेसिन, डिशवाशर, एसी तथा फ्री स्ट्यान्डिङ ओभनलगायतका उत्पादनहरू देशभरका सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलर नेटवर्क, सोरुम तथा ‘सीजी डिजिटल’ प्लेटफर्ममार्फत खरिद गर्न सकिनेछ।







