नक्कली सुन देखाई ७ लाख ठगी गर्ने पक्राउ

0
Shares

प्रहरीले नक्कली सुन देखाई ७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोकका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाह्रबिसे ८ का ३८ वर्षीय जित बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।  तामाङले बलेफीबाट गत असोज ३० गते नक्कली सुन देखाई उक्त नगद ठगी गरी फरार रहेका रहेको थिए ।

तामाङलाई ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले लुकिछिपी बसिरहेको अवस्थामा बाह्रबिसे ८ बाट बिहीबार साँझ पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १६ फाल्गुन २०७७, आइतबार  ११ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।