
प्रहरीले स्रोत नखुलेको ७ लाख रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको उक्त रकम सहित २ जनालाई बिहीबार बिहान पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारत पूर्वी चम्पारण मोतिहारी थाना रक्सौल–२५ बस्ने ४० वर्षीय संजय कुमार गुप्ता र सोही ठाउँ बस्ने ३७ वर्षीय विनोद कुमार रहेको प्रहरीले जनाएको छ ।
भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एडी ६८६९ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद फेला पारि मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरु विरुद्ध थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया