केसीएल अस्ट्यूट क्यापिटलले १४५ प्रतिशत हकप्रद निष्कासन गर्ने


केसीएल अस्ट्यूट क्यापिटलले हाल कायम रहेका सेयरलाई लक्षीत गरी १४५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । क्यापिटलले कायम रहेका सेयरधनीमार्फत थप पुँजी लगानी गरी चुक्ता पुँजी १५ करोड पुर्याउनका लागि हकप्रद निष्कासन गर्ने भएको हो ।

हाल ६ करोड १२ लाख २६ हजार ५ सय रुपैयाँ चुक्ता पुँजी रहेको क्यापिटलको १४५ प्रतिशत हकप्रद सेयर निष्कासन पछि १५ करोड रुपैयाँ पुग्नेछ । लगानी ब्यावस्थापककको काममा केन्द्रित रहेको केसीएलले पुँजी वृद्धि पछि मर्चेन्ट बैंकरले गर्ने अन्य कामहरु पनि गर्ने तयारी गरेको छ ।

कम्पनीले कायम रहेका सेयरधनीलाइ साउन २९ गतेदेखि असोज १५ गतेसम्म हकप्रद सेयरको आवेदन खुला गर्ने जनाएको छ । कम्पनीको हकप्रद सेयरमा आवेदन दिने लगानीकर्ताले कम्पनीको हत्तिसार स्थित कार्यलयमा आवेदन बुझाउन समेत कम्पनीले अनुरोध गरेको छ ।

धितोपत्र बोर्डका अनुसार मर्चेन्ट बैंकले धितोपत्र निष्काशनका लागि विवरण पत्र, बिक्री सम्बन्धी प्रस्ताव तथा अन्य विवरण तयार गर्ने लगायत धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी आवश्यक सबै कार्यहरु गर्न सक्छ । संगठित संस्थासंग सम्झौता गरी संगठित संस्थाले निष्काशन गरेको धितोपत्रहरु बिक्री नभएको अवस्थामा आपूmले खरिद गर्न प्रत्याभूति (अण्डरराइटिङ्ग) दिने कार्य गर्ने सक्छ । त्यसैगरी संगठित संस्थाको तर्पmबाट धितोपत्रधनीहरुको अभिलेख राख्ने तथा धितोपत्रहरुको नामसारी लगायत शेयर रजिष्ट्रेशन सम्बन्धी अन्य सेवा प्रदान पनि गर्न सक्छ ।

ग्राहक संग सम्झौता गरी ग्राहकका लागि लगानी व्यवस्थापन सम्बन्धी काम मर्चेन्ट बैंकरले गर्न सक्छन । । त्यसका साथै संस्थागत परामर्श सेवा प्रदान गर्ने सङ्गठित संस्थाको संरचना हेरफेर, मूल्याङ्कन, व्यवसायिक योजना, लोन सिण्डिकेशन, वर्किङ क्यापिटल फाइनान्सिङ, भेञ्चर क्यापिटल, प्राईभेट इक्विटी, हेज फण्ड जस्ता कोष संचालन, सम्पत्ति व्यवस्थापन लगायतका बिषयमा परामर्श सेवा प्रदान गर्ने काम समेत गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।

यसका लागि कम्पनीको चुक्ता पुँजी अनुसारको काम गर्न पाइन्छ । यी मध्ये सबै काम तथा कुनै एक मात्र काम गर्न पनि पाइने व्यवस्था छ । सबै काम गर्नका लागि मर्चेन्ट बैंकरको चुक्ता पुँजी २० करोड रुपैयाँ हुनु पर्छ ।