काठमाडौँ । पिपुल्स पावर लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले चैत २९ गते पारीजात पार्टी प्यालेस ( टोखा न.पा वडा नं. ८), जाल्पाचोक, काठमाडौमा विहान ११ बजे सभा बोलाएको हो ।
सभाले आ.व २०८१-०८२ को सञ्चालक समितिको तर्फबाट पेस हुने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरी पारित गर्ने छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १६ गते एक दिन बुक क्लोज मिति तय गरेको छ । जसअनुसार १५ गतेसम्म कायम सेयरधनी मात्र साधारण सभामा भाग लिन पाउने छन् ।












प्रतिक्रिया