नेपाल राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागले फागुन १८ गते मंगलबार ८ वर्ष अवधिको विकास ऋणपत्रको बिक्री खुला गर्ने भएको छ ।
सरकारले आन्तरिक ऋण उठाउन १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रको बिक्री खुला गरेको हो । नेपाल राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभाग मार्फत जारी हुने सो विकास ऋणपत्रको नाम ‘विकास ऋणपत्र, २०८५ (ङ) ’ रहेको छ ।
यस विकास ऋणपत्र खरीदका लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन पाउनेछन् । इच्छुकले फागुन १८ गते मंगलबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् ।
विकास ऋणपत्रमा लगानी गर्नेले पाउने प्रतिफल भने बोलकबोल विधि मार्फत निर्धारण हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । फागुन १९ गते निष्कासन भएर उक्त ऋणपत्रको साँवा २०८५ साल फागुन १९ गते भुक्तानी हुनेछ ।
धितोमा राखी कर्जा समेत लिन सकिने सो ऋणपत्र खरिदका लागि न्यूनतम ५० हजार रुपैयाँदेखि सोले निषेश भाग जाने गरी कुल निष्काशित रकमका लागी आवेदन दिन सकिनेछ । साथै राष्ट्र बैंकले सो ऋणपत्र धितोपत्रको दोस्रो बजारमा कारोबारका लागी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गर्ने जनाएको छ ।
ऋणपत्र खरिद गर्न चाहने व्यक्ति वा संस्थाले बोलकवोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलकबोलको रुपमा मात्र भग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकबाट इजाजत प्राप्त ‘क’,‘ख’ र ‘ग’ वर्गका संस्थाले अप्रतिस्पर्धी बोलवाल हुन पाउँदैनन् ।
नेपाल राष्ट्र बैंकमा अनुसार बोलकबोल मार्फत आएका आवेदनका आधारमा कट आफ रेट निर्धारण गरेर ब्याजदर निर्धारण गरिन्छ । वित्तीय प्रणालीमा अधिक तरलताका कारण घट्दो क्रममा रहेको ब्याजदरका कारण विकास ऋणपत्रको कटअफ रेट पनि कम तय हुने देखिन्छ ।
राष्ट्र बैंकले सो ऋणपत्र प्रतिस्पर्धीलाइ ८५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड र अप्रतिस्पर्धीलाइ १५ प्रतिशत १ अर्ब ५० करोड गरी छुट्याएको छ । संस्थागत तथा व्यक्तिगत लगानीकर्ताले लगानी गर्न सक्नेछ । कुनै एक पक्षको ऋणपत्र बिक्री नभएको खण्डमा अर्को पक्षलाई बिक्री गरिनेछ । माग भन्दा धेरै आवेदन परेको खण्डमा दामासाहीको हिसाबले बाडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र बोलमुल्य बोलपत्र फारममा उल्लेख गर्नु पर्नेछ । विकास ऋणपत्र किन्ने लगानीकर्ताले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया