दोहोरो अंकले बढ्यो नेप्से परिसूचक


काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से दोहोरो अंकले बढेको छ । । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.८३ अंकले बढेर २९६०.४० विन्दुमा कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार कुल ३४१ कम्पनीका ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयरहरु १ लाख २६ हजार ९४७ पटक किनबेच हुँदा १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार नेप्से ५.०१ अंकले बढेर २९३६.५६ अंकमा पुग्दा कारोबार रकम १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार रुपैयाँमा पुगेको थियो ।

गलबारको कारोबारमा १३६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर मूल्य घट्दा ११ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

मंगलबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, सोलु हाइड्रोपावर, हिमालयन पावर पाटनर र भुजुङ हाइड्रो पावरको सेयर धेरै बढ्नेको शीर्ष ५ मा रहेका छन् ।

त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा फस्ट माइक्रोफाइन्यान्स पहिलो स्थानमा रहेको छ । मंगलबार फस्ट माइक्रोफाइन्यान्सको सेयर मूल्य करिब ७ प्रतिशतले घटेको छ । त्यसैगरी, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा मनकामना इनर्जीङ हाइड्रो, मेरो माइक्रो फाइन्यान्स, गरिमा डेभेन्चर र नारायणी डेभलपमेन्ट बैंक रहेका छन् ।

मंगलबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा राधी विद्युत कम्पनी रहेको छ । राधी विद्युत कम्पनीको ६७ करोड ४३ लाख ८४ हजार रुपैयाँको सेयर किनबेच हुँदा अपी पावर कम्पनी ५७ करोड ८७ लाख ४९ हजार रुपैयाँको कारोबार गर्दै दोस्रो स्थानमा छ । तेस्रो स्थानमा हाइड्रो इलेक्ट्रिसीटि रहेको छ भने चौथो स्थानमा ङादी ग्रुप पावर र पाँचौ स्थानमा शिभम् सिमेन्ट रहेको छ ।

मंगलबार सेयर बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरणमा पनि सुधार आएको छ । सोमबार ४९ खर्ब ७७ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण मंगलबार ५० खर्ब १८ अर्ब रुपैयाँमा बढेको छ । बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा ४१ अर्ब रुपैयाँले बढेको हो ।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार  १५ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।