मंगलबार सुनको मूल्यमा भारी गिरावट

0
Shares

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलाको १ हजार ७ सय रुपैयाँ र चाँदी प्रतितोला ४० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार रुपैयाँ, तेजावी ८६ हजार ५५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २९० रुपैयाँ कायम गरिएको छ ।

सोमबार छापावाला सुन प्रतितोला ८८ हजार ७ सय रुपैयाँ, तेजावी ८८ हजार २५० रुपैयाँ र चाँदी १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १८ फाल्गुन २०७७, मंगलबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।